सिरहामा अबैध रुपमा लगाईएको गाँजा नष्ट

सिरहामा अबैध रुपमा लगाईएको गाँजा नष्ट

राजेन्द्र महतो
लहान फाल्गुन ०५ गते। सिरहा प्रहरीले अबैध रुपमा लगाइर्एको गाजा फडानीलाई निरन्तरता दिदै अबैध रुपमा लगाईएको गाँजा खेती नष्ट गरिएको छ ।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी बाट खटिएको गस्ती टोलिले आइतबार सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका(२ स्थित खेत मा अबैध रूपमा लगाइएको गाँजा को बिरुवा फडानि गरी स्थानीय बासी तथा स्थानीय प्रतिनिधि हरुको रहोवरमा प्रहरीले नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेक्वा, सिरहाका एसपी प्रविण कडेँलले जानकारी दिनुभयो ।

नेपालमा एक किलो गाँजा १हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताइन्छ भने भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे पाइन्छ।

नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि
नै गाजा रोप्न रकम दिने गरेको स्थानियहरु बताउँछन् ।

सम्बन्धित खवर