राजेन्द्र महतो
लहान फाल्गुन ०५। सिराहाको दक्षिणी सिमावर्ती नवराजपुर गाउँपालिका (४ सोनवर्शा स्थित हुलाकी सडकबाट सशस्त्र प्रहरी बल नेपालले जाँचका क्रममा भन्सार म्याद गुज्रिएको भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिई भन्सार कार्यलयलाईलाई बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट नवराजपुर बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा पश्चिमबाट पुर्वतर्फ जादै गरेको BR 06 am 8710 नम्बरको भारतीय नम्बर प्लेटको कारको भाद्र महिना सम्मको भन्सार मात्र कटाएको भन्सार फेल गाडी नियन्त्रणमा लिई ठाडी भन्सार कार्यलयलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे क्वा, सिरहाका एसपी प्रविण कडेँलले बताए।