गृल तथा स्टिल व्यवसायिको प्रदेश संयोजक तोकियो, प्रदेश २ मा टिकेन्द्र पौडेल

गृल तथा स्टिल व्यवसायिको प्रदेश संयोजक तोकियो, प्रदेश २ मा टिकेन्द्र पौडेल

पथरी, गृल तथा स्टिल व्यावसायी संघको प्रदेश संयोजक तोकिएको छ । आइतबार इटहरीमा बसेको बेन्द्रिय समितिको बैठकले प्रदेश संयोजक तोकेको हो । प्रदेश २ का लागि पथरीका गृल व्यावसायी टिकेन्द्र पौडेल (दिनेश) लाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ मा केन्द्रिय समितिमा कोही पनि सदस्य नरहेका कारण दिनेशलाई जिम्मेवारी दिइएको हो । पौडेलको पथरी बजारमा पौडेल गृल उद्योग संचालनमा छ । पौडेल गृल तथा स्टिल व्यावसायी संघको केन्द्रिय उपाध्यक्ष र पथरी उद्योग वाणिज्य संघको उद्योग सचिव समेत हुन् ।

बैठकले प्रदेश १ का लागि बज्रसुरज आङ्देम्बे, बागमती प्रदेशका लागि मोहन कुमार श्रेष्ठ, गण्डकी प्रदेशका लागि रण बहादुर विश्वकर्मा र प्रदेश ५ का लागि दिपक आचार्यलाई जिम्मोवारी दिएको हो । बाँकी रहेका २ वटा प्रदेशमा संयोजक तोक्न बाँकी रहेको छ ।

गृल तथा स्टिल व्यावसायी संघ सुनसरीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष मोहन कुमार कटुवालले गृल उद्योगीहरुलाई सहज रुपमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउन सरकारसंग पहल गरिरहेको बताए । गृल तथा स्टिल व्यावसायी महासंघ नेपाललाई संघीय संरचनामा लैजाने उदेश्यले प्रदेश गठन गर्नु परेको कटुवालले बताए ।

बैठकले प्रदेश संयोजकसंगै महासंघको विभिन्न समितिमा रमेश डगोल, जीवन भट्टराई, भागिरथ लुइटेल र अर्जुन बोहरालाई पनि संयोजक तोकेको छ ।

उक्त कार्यक्रममा गृल तथा स्टिल व्यावसायी संघ सुनसरीले मोरङ र सुनसरीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय पदाधीकारीलाई सम्मान समेत गरेको छ । सम्मान कार्यक्रम्मा बोल्दै अध्यक्ष कटुवालले गृल उद्योगलाई संगठित र व्यवस्थीत गर्दै लगेको बताए । महासंघले सरकारसंग फलाम सम्बन्धी कामहरु गृल उद्योगीले गर्न पाउनु पर्ने, गृल वातावरणलाई सन्तुलन राख्न र उत्पादक वृद्धि गर्न वातावरण मैत्री, आधुनिक मेसिनहरु ल्याउन सरकारसंग अनुदानको माग समेत गरेको बताउनु भयो ।

सम्बन्धित खवर