औषधी नपाएका कारण हुम्लाका बिरामी संकटमा

औषधी नपाएका कारण हुम्लाका बिरामी संकटमा

हुम्ला -:  हुम्ला जिल्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नि’यन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृत्यु हुन थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ ।

सबैको पुस २६ गतेयता ज्या’न गएको हो । सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले ‘सि’जनल फ्लु’ भनेका छन् । तर स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको बताइएको छ । ‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँच जनाको ज्यान गयो ।

ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ, चंखेली–६ मासिधाराका हिराबहादुर शाहीले भने,गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जोखिममा छन् । तर स्वास्थ्य संस्थामा औषधि अभाव छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गाउँमा प्रकोप फैलिएर बिरामीको ज्या’न गएको छ, सम्बन्धित निकायलाई कुनै चासो छैन । चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । उनले भने,स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव छैन ।स्थानीय भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा रुघाखोकीको औषधिसमेत नपाएर ज्या’न गुमाउनुपरेकोमा गुनासो पोख्छन् । जिल्ला सदरमुकामबाट चंखेलीको प्रभावित क्षेत्र पुग्न स्थल मार्गबाट दुई दिन लाग्छ ।

सर्केगाड–३ उनापानीको स्वास्थ्य इकाइमा पनि औषधि छैन ।गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो । तर गाउँमा बिरामी झन् बढेका छन्,’ अनमी नन्दा फडेराले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन् । तर त्यसै फर्काउनुपरेको छ ।

सम्बन्धित खवर