नेपाल सरकारका उप प्रधान एबम रक्षामन्त्री इश्वर पोखरेल आइतबार दिउँसो १ बजे नेपाली सेनाको हेलीकप्टरमार्फत दार्चुला आइपुगेका छन् । सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७६ को उद्घाटन एबम त्रिदेशिय सिमा क्षेत्र कालापानीको भ्रमणका लागि उनी दार्चुला आइपुगेको स्रोतले जनाएको छ ।
भारत सरकारले कस्मीरको अधिकार खारेज गरी आफ्नो नयाँ नक्सा प्रकाशित गरेको र नेपाली भुमि कालापानी क्षेत्र अन्तर्गत पर्ने लिपुलेक नयाँ नक्सामा समेटेपछि विकसित घटनाक्रमको अवस्थामा रक्षा मन्त्रीको त्रिदेशिय सिमा क्षेत्रको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
दार्चुला महोत्सब उद्धघाटनको क्रममा सम्बोधन गर्दै रक्षा मन्त्री पोखरेलले नेपाल सरकारले आफ्नो सिमा एक इन्च कसैलाई नदिने र कसैको एक इन्च जमिन नलिने उद्धघोष गरिसकेको बताएका छन् । दार्चुला जिल्लाका स्वर्गीय नेता एबं पुर्व मन्त्री प्रेम सिंह धामीले सुरुमा नेपाली भुमी कालापानी अतिक्रमणमा परेको विषय उठाएको कुरा स्मरण गर्दै पोखरेलले प्रेम सिंह धामीले उहिले बालेको कुरा अहिले देशले बोलिरहेको धारणा ब्यक्त गरे ।
नेकपाको अहिलेको सरकारले धामीले उठाएको विषलाई टुङ्गोमा पुर्याउने पोखरेलको भनाई छ । अहिलेको सरकारले सिमा सुरक्षालाई प्राथमकिता दिएको र दार्चुलाका ४ वटा सिमा नाकामा सिमा सुरक्षा पोष्ट स्थापना गरिन लागेको उनले बताए ।
त्रिदेशिय सिमा अवलोकनका लागि पोखरेल सोमबार हेलिकप्टर मार्फत कालापानी क्षेत्रमा जाँदै छन् । सिमा क्षेत्रमा हाल रहेका सुरक्षाकर्मीहरु संग सिमाबारे जानकारी लिने र त्रिदेशिय सिमा क्षेत्र जोड्नका लागी दार्चुला तिंकर सडक सेनाको जिम्मा दिने समेत उनले उद्धघोष गरेका छन् ।
दार्चुला महोत्सबको उद्धघाटन
सुदुरपश्यिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७६ को आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा सन्चालन गरिएको सुदुरपश्यिम पर्यटन मेला तथा दार्चुला महोत्सवको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्रीले ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा दार्चुला जिल्लाबाट निर्वाचित संघिय सांसद गणेशसिह ठगुन्ना ,सुदुरपश्यिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी,प्रदेश सांसद गेल्बुसिह बोहरा, मानबहादुर धामी,जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की,९ ओटै स्थानिय तहका प्रमुख एवं उपप्रमुख जिल्ला स्थित रहेका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको लगायतको उपस्थिति रहेको थियो ।
महोत्सबको उद्धघाटनमा दार्चुला जिल्लाभरीको संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको छ । दार्चुला जिल्लाका ९ वटै स्थानियतह हरुबाट आ–आफ्नो संसकृती अनुसारको भेषभुषामा झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सबको उद्घाटन पश्चात नेपाल सरकारका उप प्रधान एबं रक्षा मन्त्री इश्वर पोखरेलले जिल्ला प्रशसन कार्यालय दार्चुलामा कार्यालय प्रमुखहरु संग भेटघाट गरेका छन् । भेटघाट कार्यक्रममा उप प्रधान एबं रक्षा मन्त्री पोखरेलले कार्यालय प्रमुखहरुलाई जनताहरुलाई संघियताको आभासहुने गरी सेवा दिन निर्देशन दिएका छन् । कर्मचारीहरुले कसको सरकार छ भन्नु भन्दा पनि जनतालाई सेवा दिनुपर्ने बताएका छन् । पोखरेलले सोमबार बिहान साढे सात बजे स्वर्गीय नेता प्रेम सिंह धामीको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।