उदयपुर । उदयपुरमा आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । रौतामाई गाउँपालिका ४ नथने बस्ने जित बहादुर मगरको घरमा अचानक आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
आगलागीबाट एउटा फुसको घर, एउटा भान्सा घर र एउटा गाई गोठ जलेर नष्ट भएको छ भने घर भित्रको भाडा वर्तन, अन्न पात, लत्ता कपडा गरी अन्दाजी ६ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।