पथरी, सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ लालपुरमा बालमैत्री स्थानिय शासन (सि.एफ.एल.जी) को स्थिति पत्र तयारी तथा पञ्चवर्षिय रणनिति योजना कार्यशाला आजबाट सुरु भएको छ ।
रामधुनी नगरपालिका वडा नं. ४ लालपुरको आयोजनामा भएको सो कार्यक्रममा आज पहिलो दिन रामधुनी नगरपालिका वडा नं. ४ लाई बालमैत्री वडा बनाउनका लागि ३९ वटा सुचकहरु र थप १ गरि ४० वटा सुचकहरुमा छलफल तथा कार्यशाला भएको थियो । बलबालिकाको चौतर्फि अधिकारहरु बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार, सहभागिताको अधिकार र संस्थागत विकासको अधिकारहरुमा छलफल गरिएको थियो । यस्तै वडा नं. ४ ले हाल सम्म कति प्रतिशत काम गरिसक्यो भनि कार्यशालामा छलफल समेत गरिएको थियो । १७ वटा सुचकहरुमा १०० प्रतिशत काम पुरा भईसकेको र २२ वटा सुचकहरुमा भने ९० प्रतिशत काम समेत भईसकोको बालमैत्री स्थानिय शासनका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले जनकारी दिएका छन् ।
त्यसै गरि ४ नं. वडालाई बालमैत्री वडा बनाउनका लागि र पञ्चवर्षिय राणनिति योजना तथा स्थिति पत्र तयार पार्नका लागि कार्यक्रम आयोजना गरिएको रामधुनी नगरपालिका वडा नं. ४ का बालमैत्री सम्पर्क ब्यक्ति अमन ढुङ्गेलले जानकारी दिनुभयो ।
उत्त ४ दिने स्थिति पत्र तयारी तथा पञ्चवर्षिय रणनिति योजना तयारी कार्यशालाले चाईल्ड प्रोफाईल, बालबालिकाको लगानि योजना, बाल वस्तुगत विवरण, वडा रेकड, आन्तरीक प्रतिवेदन, कार्य प्रमाणीको विवरण लगायतका विषयलाई आन्तरीक सुचक मापन गरि घोषण पश्चात दिगोपनका लागि रणनिति योजना बन्ने सहजकर्ता चौबेले जानकारी दिनुभयो । भने कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष मनेश कुमार चौधरी, रामधुनी नगरपालिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, नमुना नगर बाल सजालका बर्तमान अध्यक्ष मनन खड्का, प्रहरी प्रशासन, शिक्षक, बाल समुह, बद्धिजिबि, जनप्रतिनिधि लगायत पत्रकारहरुको सहभातिता रहेको थियो ।