लहान, फाल्गुन ०४।
सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया वीरेन्द्र साह बन्दुकसहित सुकुम्वासी बस्ती पुगेका छन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया–५ को उत्तरपट्टि जीवा खोलाको छेउमा रहेको सुकुम्बासी बस्ती खाली गराउन भूमाफिया मिर्चैया नगरपालिका–५ का वीरेन्द्र साह ले दुई नाले बन्दुक लिई बस्तीमा पुगेका हुन् ।
उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहर लगायतका जाति बस्दै आएका छन् । भूमाफिया साह दुई नाले बन्दुकसहित पुगेको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए ।
अमिन ल्याएर र प्रक्रिया पुर्याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको र भूमाफिया बिरेन्द्र साह लाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको डिएसपी जैसवालले बताए ।
![भूमाफियाको दादागिरी : बन्दुकसहित पुगे सुकुम्वासी बस्ती](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2020/02/bhumafiya.png?fit=576%2C545&ssl=1)