बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु

बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु

राजेन्द्र महतो
लहान, पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ मल्हनीया चौकमा बसले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ।

शनिबार पूर्वबाट आउदै गरेको ना. ५ ख ४९९२ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ज. ११ प. ६३६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरीका अन्दाजी ५५ वर्षीय सुफिलाल यादबको दाहिने खुट्टामा गम्भीर चोट लागी घाइते भएका थिए ।

घाइते भएका यादवलाई तत्काल उपचारको लागि मिर्चैया स्थित रहेको मंगलम अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

ठक्कर दिने बस र बसका चालक जिल्ला पसा उनपा ३२ को ३५ वर्षीय संजय कुमार नटलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको ट्राफिक प्रहरी कार्यालय मिर्चैयाले बताएको छ।

सम्बन्धित खवर