प्रारम्भिक फुटबल टोलीको घोषणा

प्रारम्भिक फुटबल टोलीको घोषणा

काठमाडौं । नयाँ खेलाडीलाई प्रथामिकता दिँदै फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत चाइनिज ताईपेईसँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा दर्शन गुरुङले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा स्थान बनाउन सफल भएका छन् ।

प्रारम्भिक टोलीमा भने पहिलो रोजाइका गोलरक्षक तथा नेपाली टोलीका कप्तान किरण चेम्जोङ, फरवार्ड विमल घर्ति मगर र रोहित चन्द प्रारम्भिक टोलीमै परेका छैनन् । रोहित इन्डोनेसियाको लिगमा र किरण भारतको आई लिगमा व्यस्त भएका कारण उनीहरु टिमा परेका छैनन् । रोहित र किरणको क्लबलेबीचमा छोडेमा भने उनीहरुले खेल्नेछन् ।

प्रारम्भिक नेपाली टोली

विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

सम्बन्धित खवर