सुनकोशी मरिण डाइभर्सनको स्रोत अझै अनिश्चित

सुनकोशी मरिण डाइभर्सनको स्रोत अझै अनिश्चित

सिन्धुली,४ फागुन – राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजना निर्माण सुरु गर्न अझै स्रोत अनिश्चित  भएको उक्त आयोजनाले जनाएको छ ।

उक्त आयोजनाले शनिबार सुनकोसी गाँउपालिका–६ खाल्टेमा आयोजना गरेको डु वान क्षेत्रको जग्गा प्राप्ति सम्बन्धि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराईएको हो । आयोजना प्रमुख शुशिलचन्द्र आचार्यले उक्त आयोजनाको दातृ निकाय भनिएको चिन अहिले आफै नो बेल को रना भा ईरसले आफै ग्र सित भएकोले स्रोत अनिश्चित बनेको बताउनुभयो ।

उक्त कार्यक्रममा संघिय सांसद हरिबोल गजुरेलले उक्त आयोजना राष्ट्रिय गौरबको आयोजना भएकोले सबै मिलेर सफल बनाउनै पर्ने बताउनुभयोे । उहाँले भन्नुभयो, “प्रकृया पुर्‍याएर तीब्र गतीामा निर्माण कार्यमा गति दिनु पर्‍यो । उहाँले आयोजना प्रभावित गोलन्जोर र फिक्कल गाउपालिकाका बासिन्दालाई बिद्युत शुल्कमा समेत छुट दिनु पर्ने बताउनुभयो ।”

 

कार्यक्रममा सुनकोसी गाँउपालिका अन्तर्गतका प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको उचित मुआब्जा निर्धारण गर्न माग गरेका थिए । सो अबसरमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवेकपूर्ण तरिकाले जग्गाको मुआब्जा निर्धारण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “डुवान क्षेत्रका प्रभावित बासिन्दाको उचित क्षेती पूर्ति दिईने छ । जग्गा प्राप्ती ऐन २०३४ र नेपाल सरकाले बेला बेलामा गर्ने मार्ग दर्शनलाई मध्य नजर गरी मुआब्जा निर्धारण गरिने छ ।” उहाँका अनुसार उक्त आयोजना निर्माण सुरु गर्न कमलामाई नगरपालिका–२ कुसुमटारका ५० जना व्यक्तिको जग्गा अधिग्रहण कार्य सम्पन्न भई सकेको छ ।

उहाँका अनुसार अब भत्काउनु पर्ने घरको ५० प्रतिशत रकम खातामा जम्मा भइ सकेको छ । बाँकी घर भत्काए पछि अरु रकम खातामा जम्मा गरिने छ । सरकारले चालु आर्थिक बर्ष ०७६/०७७ को बजेटमा सुनकोसी–मरिण डाईभर्सन बहुउद्देश्य योजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढाउने घाषेणा गर्दै दुई अर्ब पाँच करोड रुपिया बजेट बिनियोजन गरेको छ ।

फिल्ड सम्पर्क कार्यालयका अनुसार सुनकोशी गाँउपालिका–६ खाल्टेमा सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी १३ दशमलब एक किलोमिटर लामो सु रुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेटडबाट पानी झारेर साँढे २८ दशमलब ६२ मेगावाट विद्युत उत्पादन गरिने छ ।

 

मध्य तराईमा बागमति नदीले कमाण्ड गर्ने सर्लाही, रौतहट, बारा र महोत्तरी जिल्लाको एक लाख २२ हजार हेक्टर सुख्खा जमिनमा सिंचाई सुविधा पुर्‍याउने गरी उक्त डाईर्भसन आयोजना निर्माण हुन लागेको हो । उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत ढल्केबरमा सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ ।

१३ दशमलब एक किलोमिटर लामो सुरुङ मार्ग दुई बर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य रहेको जानकारी दिदै आयोजना प्रमुख आचार्यले भन्नुभयो, “सबै काम साँढे तीन बर्षभित्र सक्ने लक्ष्य छ । आयोजना अन्तर्गत सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् ।”

उक्त आयोजना अन्तर्गत २८ दशमलब ६२ मेगावाट विद्युत उत्पादन सहितको डिपिआर तयार गरिएको उहाँले बताउनुभयो ।
आयोजनाको मुख्य संरचनाले सिन्धुलीको सुनकोसी गाँउपालिका–६, रामेछापको खाँडादेवी गाँउपालिका–४ र मन्थली नगरपालिका–६ क्षेत्रभित्र समुन्द्री सतहदेखि ४७६ मिटर समतल र ३१२ हेक्टर ओगट्ने जलासय रहने आयोजनाले जनाएको छ । आयोजना निर्माणका क्रममा बीपी राजमार्ग नौ सय मिटर, खुर्कोट मन्थली सडक ३० मिटर, एक हजार ५८८ मिटर ग्रामीण सडक, एक दशमलब २७ किलोमिटर विद्युत प्रशारण लाईन र दुई वटा झोलुङगेपुल डुबानमा पर्ने जनाईएको छ ।

आयोजना निर्माणका लागि दैनिक सातदेखि नौ सय जना दक्ष र अद्र्धदक्ष श्रमिक आवश्यक पर्ने र ती सकेसम्म स्थानीयस्तरबाट पूर्ति गरिने बताईएको छ । आयोजनाको टेण्डर प्रकृया, जग्गा प्राप्ती, क्याम्प सुविधा, आवश्यक पूर्वाधार निर्माण पहिलो बर्षमा गरिने सम्पर्क फिल्ड कार्यालयले जनाएको छ । ठेक्का सम्झौता भएको मितिले चार बर्षभित्रमा आयोजनाको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको पनि उक्त कार्यालयले जनाएको छ

सम्बन्धित खवर