४ फागुन, काठमाडौँ / भारतको घरेलु लिग ईण्डियन प्रिमियर लिग (आईपीएल)को मिति सार्वजनिक भएको छ । आगामी मार्च २९ देखि शुरु हुनेछ ।
यस पटकको आईपीएल भारत र दक्षिण अफ्रिकाबिचको एकदिवसीय सिरिज सकिएको १८ दिनपछि सुरु हुनेछ । भारतको भ्रमणमा आउने दक्षिण अफ्रिकाले १८ मार्चमा अन्तिम एकदिवसीय खेल खेल्नेछ ।
आईपीएलको पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । मुम्बई साविक विजेता हो भने चेन्नई उपविजेता हो ।
आईपीएलको खेल तालिका सार्वजनिक नभएपनि फाईनल खेल २४ मे मा हुने क्रिकईन्फोले जनाएको छ । यस्तै लिगको अन्तिम खेल १७ मे मा मुम्बई र बेंगलोरबिच हुने बताईएको छ ।
यसपटक आईपीइएलको खेल तालिकामा केही परिवर्तन गरेको बताइएको छ । यसपटक शनिबार एक मात्र खेल हुनेछ । अघिल्लो संस्करणमा शनिबार र आईतबार दुई–दुई खेल हुने गर्दथ्यो ।