ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

सिन्धुली ,३ फागुन – सिन्धुलीको कमलामाई नगरपालिका ११ स्थित बि.पि.राजमार्गमा ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

आज दिउसो १०ः १० भिमानबाट सिन्धुली तर्फ आउदै गरेको ना.३.त ३८९७ न.को बालुवा लोड ट्याक्टरले पैदल यात्री कमलामाई नगरपालिका ११ बस्ने जय बहादुर वाईबाको छोरी बर्ष ४ की यस्तर वाईबालाई ठक्कर दिंदा घाईते भएको वाईबाको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पस्चात थप उपचारको लागि काठमाण्डौं लाने क्रममा आज दिउसो १३ः०० बजेको समयमा सिन्धुलीको रातामाटा स्थितमा पुग्दा मृ त्यु भएको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ट्याक्टर चालक सिन्धुली कमलामाई नगरपालिका वडा न– ७ बेलगाछि बस्ने बर्ष २१ को मदन स्याङबो जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर