सुन्दरहरैंचा,मोरंग । मोरङको सुन्दरहरैचा नगरपालिका न.पा. ८ पूर्व पश्चिम राजमार्गमा शुक्रवार राती करिब साढे एघार बजे दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
पूर्वतर्फ आउँदै गरेको को ३७ प १७ नं को मोटरसाईकल सोही दिशाबाट जाँदै गरेको को ३४ प ६६०२ नं को मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा सुन्दरहरैचा ८ बस्ने २७ वर्षका विशाल खत्री र सुन्दरहरैचा १२ बस्ने २५ वर्षीय अर्पण गुरागाईँको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार संख्वासभा चैनपुर न पा २ बस्ने २१ वर्षीय लक्ष्मण खत्री र सुन्दरहरैचा ८ बस्ने २० वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
