५४ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन गरे

५४ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन गरे

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको आज सातौ दिनसम्ममा ५४ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ६ हजार ७० जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । सातौ दिनसम्ममा नगरका १० वडाका ५४ हजार २ सय ५७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ३ सय २९ जनाले आज औषधि सेवन गरेका छन् ।

आज वडा नम्वर १ मा १ हजार ५३, २ मा ३ सय ७५, ३ मा ६ सय १८, ४ मा ५ सय ८१ र ५ मा ६ सय २६ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ६ सय ५१, ७ मा ४ सय ४५, ८ मा ४ सय १७, ९ मा ५ सय ३४ र १० मा ४ सय ४१जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ ।
अब केहि बाकी रहेका ठाँउमा आइतबार औषधि खुवाउने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

अभियानको पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८ र छैटौं दिन ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेका थिए ।

सम्बन्धित खवर