सरस्वती माविको स्वर्ण जयन्ती सुरु ः सुभारम्भ समारोह सम्पन्न

सरस्वती माविको स्वर्ण जयन्ती सुरु ः सुभारम्भ समारोह सम्पन्न

प्रबेश बिष्ट । इटहरा
सरस्वती मावि इटहराको स्वर्ण जयन्ती आजदेखि सुरु भएको छ । विद्यालय स्भापनाको ५० आँै वर्ष गाँठका अवसरमा फागुन २ देखि ६ गतेसम्म आयोजना गरिएको स्वर्ण जयन्तीको सुभारम्भ भव्य समारोहका बीच गरियो ।

रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र उपप्रमुख दयन्तादेवी चुडालले संयुत्तरुपमा पानसमा दिप प्रज्ज्वलित गरी स्वर्ण जयन्तीको औपचारीक शुभारम्भ गर्नु भयो । पानससँगै राखिएका ५० वटा मैन बत्तिहरु बालेर विद्यालय स्थापनाको ५० आँै वर्षको संकेत पनि गरियो ।

शुभारम्भ समारोह सुरु हुनु अघि प्रभात फेरी समेत गरियो । विद्यालयबाट सुरु भएको प्रभात फेरी इटहरा बजार परिक्रमा गरी विद्यालय प्रबेश गरेपछि स्वर्ण जयन्ती सुभारम्भ समारोह सुरु भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै सरस्वती माविले विगतमा आर्जन गरेको प्रतिष्ठाको प्रमुख अतिथि नगर प्रमुख राईले प्रशंसा गर्नुभयो । यस प्रतिष्ठालाई जोगाउँदै विद्यालयलाई समुदायसँग जोडेर शैक्षिक कार्यक्रम संचालन गर्न उहाँले आग्रह गर्नुभयो । विद्यालयले सुरु गर्न लागेको प्राविधिक शिक्षा– सिभिल इन्जिनियरिङ कार्यक्रमप्रति उहाँले प्रशंन्नता व्यत्त गर्नुभयो । संविधानले स्थननिय सरकारलाई दिएको अधिकार संघिय सरकारले खोसेको भन्दै मेयर राईले गुनासो पनि पोख्नु भयो ।

सरस्वती माविले स्वर्ण जयन्ती मनाएर इतिहासको संरक्षण् गरेको भन्दै बिशिष्ट अतिथि उपप्रमुख चुडालले विद्यालयको प्रशंसा गर्नु भयो । उहाँले यस कार्यबाट सिक्न छिमेकी विद्यालयहरुलाई आग्रह पनि गर्नु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले उच्च शिक्षा अध्ययन गर्दा आफूले सरस्वती माविका विद्यार्थीसँग सहयात्रा गर्न पाएको प्रसंग उल्लेख गर्दै उनीहरुको क्षमताको प्रशंसा गर्नु भयो । उहाँले विद्यालयको त्यो साखलाई कायम राख्दै समयसापेक्ष शैक्षिक कार्यक्रम संचालन गर्न सुझाब दिनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का एक नम्बर प्रदेश संयोजक सोमराज थापाले आफू पढ्दाका सुखदुखका प्रसंगहरु उल्लेख गर्दै गुणस्तरिय शिक्षाको पहुँचलाई सहज बनाउनु पर्नेमा जोड दिनु भयो । शिक्षाकै अभावका कारण समाजमा विसंगतिहरु बढ्ने गरेको भन्दै उहाँले सभ्य समाज निर्माणका लागि असल शिक्षा आवश्यक रहेको धारण राख्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य एवं वडा नम्बरका ८ का वडाध्यक्ष नन्दकुमार चापागाईले विद्यालयले अघि सारेको प्राविधिक शिक्षाको कार्यक्रमलाई सफल बनाउन भूतपूर्व विद्यार्थी र अभिभावक समक्ष सहयोगका लागि आग्रह गर्नु भयो ।

समारोहमा वडा नम्बर ९ का वडाध्यक्ष इन्द्रबहादुर चोम्वाङ, सरस्वती मावि कल्याणपूरकी प्रधानाध्यापिका नर्वदा अधिकारी, मदन–आश्रित फाउन्डेसनका अध्यक्ष मेघनाथ शर्मा कट्टेल र भुपू विद्यार्थी समाजका अध्यक्ष सुभाष पौडेलले शुभकामना मनतव्य राख्नु भयो ।
पूर्व प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकेन्द्रबहादुर पोमूको अध्यक्षतामा भएको सुभारम्भ समारोहमा प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सुभारम्भ समारोह समापन भएपश्चात अभिभावक खेलकुद प्रतियोगिता पनि गरियो । महिलाहरुको लागि भएको म्युजिकल चेयरमा कमला बस्नेत प्रथम भईन् । त्यसैगरी एलिजा दाहाल घिमिरे र ज्योति परियारले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । पुरुषहरुका लागि भएको हन्डी फोर प्रतियोगितामा कैलाश परियार बिजयी बने ।

फागुन ३ देखि ५ गतेसम्म नगरस्तरिय अन्तर विद्यालय खेलकुद तथा सिर्जनात्मक प्रतियोगिताहरु संचालन गरिने छन् । फागुन ६ गते स्वर्ण जयन्तीको समापन हुने छ ।

समापन समारोहमा १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले ५० आँै वर्ष गाँठको स्मारकका रुपमा निमार्ण गरिएको स्वर्ण जयन्ती प्रवेश द्वारको समुद्घाटन गर्नु हुने कार्यक्रम तय गरिएको छ । सोही समारोहमा स्वर्ण जयन्ती स्मारिका लोकार्पण र सिभिल इन्जिनियरिङ कार्यक्रमको घोषणा गरिने पनि जनाइएको छ ।

 

सम्बन्धित खवर