रंगेलीमा उधमिहरुसंग खाध स्वच्छतावारे एक दिने अन्तरक्रिया सम्पन्न

रंगेलीमा उधमिहरुसंग खाध स्वच्छतावारे एक दिने अन्तरक्रिया सम्पन्न

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडले डेरी, पानी, तथा तेल उधमिहरुसंग खाध स्वच्छतावारे एक दिने अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा रंगेली, दर्वेशा, रंजनि, आमतोला, चोप्राहा, फर्सडागि लगायतका कृषक तथा उधमिहरुको सहभागीता रहेको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय खाध प्रविधि तथा गुण नियन्त्रण बिभाग खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यलय बिराटनगरले कार्यक्रमको आयोजना गरेको थियो । कार्ययक्रमको प्रमुख अतिथि रंगेली नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल, विशिष्ट अथिति खाध प्रबिधि गुण नियन्त्रण कार्यलयका प्रमुख राज कुमार रिजाल, खाद्य अनुसन्धानका अधिकृत काशीनाथ घिमिरे, संजय भण्डारी रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल प्रसाद कडरीया, देवि प्रसाद मैनाली, लगायतको उपस्थित समेत रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सबै कृषक, उपभोक्त र सर्वसाधारणहरुले हरेक बजारमा पाईने बस्तुहरुको नमुना चेकजाँच र परिक्षण गर्ने, आम जनताहरुलाई जनचेतना अभिवृद्धि गर्ने, कृषकले पशुलाई दिने आहारा दिदा कुहिएको र सडेको खाने कुरा दाना नदिने र कुहिएको र सडेको दानाले त्यही दुधको माध्यमबाट पुनः हामीले खाने गर्दा तुरुन्तै असर नदेखिए पनि पछि गएर हामीलाई विभिन्न रोगहरु समेत लाग्ने भएको हुनाले सबै कृषक हरुले ध्यान दिनुपर्ने कुरामा सबै कृषकले ध्यान दिनुपर्ने जरुरी हुन्छ । पानी स्वच्छ दिने र गाई, भैसी दुहुदा फाचोलाई राम्रोसँग पखाल्ने, ग्राहकलाई राम्रो र ताजा मात्रै खाधान्य बिक्रीवितरण गर्ने कृषकहरुलाई जानकारी गराएका थिए ।

रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आफ्नैभवनमा सो कार्यक्रम गरिएको थियो ।

सम्बन्धित खवर