शान्ति सामुदायिक वनमा सह अध्यक्ष थापाको मनोमानि

शान्ति सामुदायिक वनमा सह अध्यक्ष थापाको मनोमानि

पथरी, कानुन र बिधान बिपरीत चुनिएका मोरङ पथरी शनिश्चरेमा रहेको शान्ति सामुदायीक वन उपभोक्ता समुहका सह अध्यक्ष प्रकास थापाले पदको दुरुपयोग गरेका छन् । कातिक ५ गते चुनाव भएपनि आपसी सहमतीमा थापालाई सह अध्यक्ष बनाएका थिए । थापाले शान्ति सामुदायिक वन उपभोक्ता समुहको १ नं. टोल कमाण्डर भानुभक्क्त काफ्लेलाई बिना जानकारी हटाएर गोमा लुईटेललाई टोल कमाण्डरको जिम्मेवारी दिएको उपभोक्ताले बताएका छन् । लुईटेललाई थापाले निजी खाता दिएर कामको जिम्मा लगाएका हुन् ।

थापाले समितिको निर्णय बिपरीत निजि खाता ल्याएर अर्कै टोल कमाण्डर बनाएको भन्दै वनको काममा उपभोक्ताको अर्को टोलका टोल कमाण्डरलाई निबेदनमा सहि गराउने गरेका छन् । उपभोक्ताले सह अध्यक्षले समितिको निर्णय बिपरित अर्कै टोल कमाण्डर चुने पछि बिरोध जनाएका छन् । समितिमा पटक पटक छलफल गर्दा पनि सह अध्यक्षले आफ्नो अडान नछोडे पछि १ नं. टोलमा ३ गते शनिवार चुवाव हुने भएको छ ।

यता उपभोक्ता भन्छन बर्ष भरि वनमा खटेका टोल कमाण्डलाई केही सुबिधा र काठ दिने भए पछि सह अध्यक्ष थापाले आफ्नो पाटिका ब्याक्ती राख्न खोजेका छन् ।

समितिका केही सदस्य भने सह अध्यक्षको यस्ता कार्यले रुष्ट बन्दै गएका छन् । एक सदस्यले भने हामी निर्वाचित भएर आएकाको भन्दा पनि मनोनित सदस्यको यस्ता गैर जिम्मेवारी कार्यले संस्थाको बदनाम भएको बताए । सहअध्यक्ष थापाले समितिको निर्णय बिपरित निजि खाता अरुलाई दिएर कामको जिम्मा लगाउदा वनका अन्य कर्मचारी र टोल कमाण्डरहरु प्रति निरासा छाएको छ ।

भानु भक्त काफ्लेले वनको सबै काम गर्दै गएका र राजिनामा पनि दिएका छैन्न भने थापाले कुन आधारले अरुलाई जिम्मेवारी दिएको हो भने, उनले पदको दुरुपयोग गरेको सदस्यको भनाई छ ।

वन समितिमा मन परि तरिकाले ३५ सदस्यीय समिति चयन गरेको छ । जस्ले गर्दा समिति उपभोक्ताको हितमा नभएर आफु आफुमा मान प्रतिष्ठा र कमाउ माध्यम हो जस्तो देखिन्छ ।

यता उक्त विषयमा सामुदायीक वनका अध्यक्ष कुल बहादुर गुरुङ भने काफ्लेको कुनै कमि कम्जोरी नरहेको र सह अध्यक्षलाई यस्तो निति बिपरीत कार्य नगर्न सुझाब दिएको बताए । उनले भने एउटै टोलको भएकाले व्याक्तिगत रिसिवी हो फेरि सबै टोलमा समायोजन प्रकृया हुदैछ उपभोक्ताले काफ्लेलाई नै रुचाएका छन् ।

यस विषयमा सह अध्यक्ष थापाले काफ्ले वृृद्ध भएको हुदा अरुलाई जिम्मेवारी दिएको बताए । विधान अनुसार टोल संयोजक नियुक्ति, हटाउने कुनैपनि कुरा नभएको हुँदा काफ्लेको सट्टामा लुइटेललाई जिम्मेवारी दिएको बताए । काफ्लेलाई हटाएर लुइटेललाई जिम्मेवारी दिएको विषय समितिको बैठकमा पुगेको छैन् । थापाले आफ्नै मनखुसीले आफ्ना आसेपासेलाई जिम्मेवारी दिदैँ आएका छन् । थापाले टोल कमाण्डर बुढो भएको भन्दै हटाउन खोजे पनि काफ्ले भन्दा १० बर्ष जेठा काठबहादुर धिमाल भने टोल कमाण्डर रहिरहेका छन् ।

सम्बन्धित खवर