नेकपा रतुवामाईले सम्झियो शहिदहरुलाई

नेकपा रतुवामाईले सम्झियो शहिदहरुलाई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा रतुवामाई नगर कमिटिले २५औं जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । नेकपा रतुवामाईले आज रतुवामाई ६, शनिश्चरेमा जनयुद्धका शहिदहरुप्रति सम्झना स्वरुप दिप प्रज्वलन गरेको छ । तत्कालीन नेकपा माओवादीले आजकै दिनबाट दीर्घकालीन जनयुद्ध घोषणा गरेको दिनको सम्झनामा आज देशभर २५ औँ जनयुद्ध दिवस मनाइएको हो ।

नेकपा रतुवामाई नगर कमिटि ईन्चार्ज तथा जिल्ला सदस्य सुमन कालिकोटेको प्रमुख आतिथ्यतामा सम्पन्न जनयद्ध दिवसको २५ औँ वर्ष गाँठका अवसरमा आयोजित कार्यक्रममा युवा संघ रतुवामाई नगर संयोजक राम कार्की, नेकपा नगर कमिटिका सदस्यहरु, नेकपा कार्यकर्ताहरु, विद्यार्थी नेताहरु र स्थानिय बासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर