फर्मको म्याद नै सकिएपछि पथरीमा लोकसेवा कक्षा सुरु, नगरको बजेटमा कहिले सम्म हुन्छ सेटिङ ?

फर्मको म्याद नै सकिएपछि पथरीमा लोकसेवा कक्षा सुरु, नगरको बजेटमा कहिले सम्म हुन्छ सेटिङ ?

पथरी, मोरङको पथरी शनिश्चरेमा लोकसेवाको तयारीका लागि भन्दै नगरको बजेट बर्षै पिच्छे खर्च गरिदै आएको छ । त्यसको उपलब्धी भने हाल सम्म शून्य छ । प्रत्येक वर्ष खर्च गरिने लाखौँ बजेट सेटिङमै खर्च हुने गरेको केही आन्तरिक श्रोतले बताउछ ।

नगरका युवाहरुलाई भन्दै खोक्रो आश्वासन बाँडेर बजेट चैँ सेटिङमा जान्छ । यसमा नगरका कर्मचारी मात्रै हैन जनप्रतिनिधिको खेल रहेकोमा नगरवासीहरु दुखेसो पोख्छन् । लोकसेवाले पाचौँ तहको रा.प.अनङ्कित प्रथम तह (नायव सुब्बा सो सरह) को फर्मको ढबल दस्तुरको म्याद माघ २२ गते सकिएको छ । अब अर्को सेवा समुह कहिले खुल्ने टुङ्गो छैन् । नगरले लोकसेवा तयारी गराएर साच्चिकै जागिर खुवाउने सोंच हुने हो भने कार्तिक महिनाबाट नै लोसेवाको तयारी गराउनुपर्ने हो तर पथरी शनिश्चरेमा त्यस्तो हुदैन ।

यस वर्ष पथरीमा रहेको पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रा.लिसंग नगरले सम्झौता गरेको छ । यो इन्ष्टिच्यूटमा केही जनप्रतिनिधिको नै लगानी रहेको बुझिएको छ । अघिल्लो वर्ष सोही इन्ष्टिच्यूटले लोकसेवा पढाउने भनेर केही विद्यार्थीहरुलाई १४ दिन मात्रै पढाए जस्तो गरेर छाडेको थियो । निरन्तरता दिनै नसक्ने इन्ष्टिच्यूटलाई फेरी पनि नगरको बजेट खर्च गर्ने मार्ग प्रसस्त गरेको छ । अघिल्लो वर्ष आधा समयमा लोकसेवा तयारी कक्षा छाडेको इन्ष्टिच्यूटले अब कुन तरिकाले व्यवस्थापन गर्छ त्यो हेर्न बाँकी नै छ । रा.प. अनङ्कित प्रथमको पहिलो पत्रको परीक्षा फागुन २४ गतेका लागि लोकसेवा आयोगले तोकेको छ । अहिले सम्म फर्म भरेर परीक्षाका लागि तयारी भएर बस्नुपर्ने अवस्थामा अब एक महिना पनि बाँकी नरहेको अवस्थामा नगरले गरेको लगानीको उपलब्धी के हुन्छ ?

इन्ष्टिच्यूटसंग सम्झौता गरेर नगरले बिहिबार एक कार्यक्रमको आयोजना गरी तालिमको सुरुवात गरेको छ । अघिल्लो वर्षको बजेटबाट नगर भित्र र छिमेकी केही पालिकाका कर्मचारीहरुको मिलेमत्तोमा झन्डै एक महिना कक्षा संचालन भएको थियो । त्यस ताका १५ दिनमा सक्ने भनेको कक्षा रकम बाँडफाँडमा कुरो नमिलेपछि १ महिना पु¥याएको भित्रि श्रोतले खुलाएको छ ।

सम्बन्धित खवर