सरस्वती माविको स्वर्ण जयन्तीको तयारी पूरा

सरस्वती माविको स्वर्ण जयन्तीको तयारी पूरा

प्रबेश बिष्ट । इटहरा

सरस्वती माध्यमिक विद्यालय इटहराको स्वर्ण जयन्तीको तयारी पूरा भएको छ । विद्यालय स्थापनाको ५० आँै वर्ष गाँठको अवसरमा फगुन २ देखि ६ गतेसम्म आयोजना गरिएको स्वर्ण जयन्तीको सम्पूर्ण तयारी भएको प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले जानकारी दिनुभयो ।

जयन्तीको पूर्व सन्ध्यामा आज फागुन १ गते बसेको स्वर्ण जयन्ती समारोह समितिको बैठक पछि प्रधानाध्यापक पौडेलले तयारीका सबै काम सकिएको जानकारी गराउनु भएको हो । समारोह समितिले जयन्तीको पाचँै दिनका कार्यक्रमहरुलाई अन्तिम रुप दिइएको पनि उहाँले बताउनु भयो ।

विद्यालयले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार फागुन २ गते बिहान १० बजे प्रभात फेरी गरिने छ । विद्यालयबाट सुरु हुने प्रभात फेरी इटहरा बजार परिक्रमा गरी ११ बजे विद्यालय प्रवेश गर्ने छ । त्यस पछि साढेँ ११ बजेबाट स्वर्ण जयन्ती सुभारम्भ समारोह सुरु हुने छ । स्वर्ण जयन्तीको सुभारम्भ रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले गर्ने कार्यक्रम तालिकामा उल्लेख छ ।

सुभारम्भ समारोह पश्चात अभिभावक खेलकुद राखिएको छ । खेलकुद अन्र्तगत महिलाहरुको लागि म्युजिकल चेयर र पुरुषहरुका लागि हन्डी फोर प्रतियोगिता हुने छन् । फागुन ३, ४ र ५ गते नगरस्तरिय अन्तर विद्यालय खेलकुद तथा सिर्जनात्मक प्रतियोगिताहरु संचालन गरिने छन् ।

स्वर्ण जयन्तीको समापन फागुन ६ गते हुने छ । सांस्कृतिक एवं सांगितिक प्रस्तुति लगायत विविध कार्यक्रम सहित हुने स्वर्ण जयन्ती समापन समारोहको प्रमुख आतिथ्यता १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्रि जीवन घिमिरेले गर्नु हुने छ । भव्य समारोहका बीच मन्त्रि घिमिरेले ५० आँै वर्ष गाँठको स्मारकका रुपमा निमार्ण गरिएको स्वर्ण जयन्ती प्रवेश द्वारको समुद्घाटन गर्नु हुने छ । यसैबीच स्वर्ण जयन्ती स्मारिका लोकार्पण र सिभिल इन्जिनियरिङ कार्यक्रमको घोषणा गरिने पनि कार्यक्रम तालिकामा उल्लेख छ ।

सम्बन्धित खवर