४८ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन गरे

४८ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन गरे

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको आज छैटौं दिनमा ४८ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । छैटौं दिनसम्ममा नगरका १० वडाका ४८ हजार १ सय ८७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ४ सय ६८ जनाले औषधि सेवन गरेका छन् ।

आज वडा नम्वर १ मा ३ हजार ८ सय ५०, २ मा ६ सय ९९, ३ मा ४ सय ८४, ४ मा ४ सय ९५ र ५ मा ६ सय ४७ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, ७ मा ५ सय २९, ८ मा ४सय ४०, ९ मा ५ सय ९ र १० मा ४ सय ७ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ । पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८जनाले औषधि सेवन गरेका थिए ।

सम्बन्धित खवर