जनयुद्ध दिवसमा अनेरास्ववियुद्वारा दिप प्रज्जवलन

जनयुद्ध दिवसमा अनेरास्ववियुद्वारा दिप प्रज्जवलन

पथरी, १० बर्ष सम्म चलेको जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा मनाईने जनयुद्ध दिवस आज देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। यसै अवसरमा मोरङ्गको पथरी शनिश्चरेमा समेत विषेश कार्यक्रम गरि मनाइएको छ। यसै अवसरमा अनेरास्ववियु पथरी बहुमुखी क्याम्पसको आयोजनामा पथरी शनिश्चरेमा दिप प्रज्ज्वलन गरिएको छ।

अनेरास्ववियु पथरी बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष मुकेस राईको अध्यक्षता र पथरी शनिश्चरे नगरपालिकाका नेकपा इन्चार्ज दिनानाथ तिम्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नगर इन्चार्ज तिम्सिनाले दशक सम्म चलेको जनयुद्धले देशमा शुशासन र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यसको संरक्षण गर्नु नेकपा र नेकपा सम्बद्ध संगठनहरुको जिम्मेवारी भएको वताउनु भयो। साथै उहाँले भाइ भाइ फुटे दुश्मनले फाइदा लुट्ने सिद्धान्तलाई आत्मसात गर्दै कम्युनिस्टहरु एक भएको उल्लेख गर्नु भयो।

कार्यक्रममा नेकपाका विभिन्न तहका नेता, स्थानिय शिक्षक, स्थानीय समाजसेवी लगायत अनेरास्ववियु निकट विद्यार्थीहरुको सहभागिता रहेको थियो।

सम्बन्धित खवर