रायमाझी/भिमेश्वर जेभी भक्तपुरको लापरबाही, ठुलो दुर्घटना निम्त्याउने सम्भावना

रायमाझी/भिमेश्वर जेभी भक्तपुरको लापरबाही, ठुलो दुर्घटना निम्त्याउने सम्भावना

रबिन्द्र बराल, रंगेली

मोरङको धनपालथान ५ कदमाहा चोक देखि उत्तर हुदै गडिघाट्टा, फुटानि चोक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जोडिने नेपाल बिधुत प्राधिकरण सम्मको सडक निर्माणकार्य सुरु भएको छ ।

२ महिना देखि काम सुरु गर्ने ठेक्का पाएका रायमाझी/भिमेश्वर जेभी भक्तपुरले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा कल्भट बनाउनका लागि दस दिन अगाडि खाल्डो बनाएर छाडे पछि स्थानीयलाई आवत जावतमा निकै समस्या झेल्नुपरेको तिर्थ ओझाले बताए । उनले भने ठेक्केदारको लापरबाहीका कारणले गर्दा स्थानीयले दुख पाएको र बाईपास बाटो समेत जोखिम पुर्ण रहेको छ । मोटरसाईकलमा आवत जावत गर्दा मुख्य सडकमा जाँदा दुर्घटना हुने बढी सम्भावना रहेको छ ।

पुर्वघार विकास कार्यलय मोरङ भौतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलयद्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा ठेक्का समेत पाएको हो । रायमाझी/भिमेश्वर जेभी भक्तपुरले असोज २७ गते सम्झौता गरेर मंसिर १५ गतेदेखि काम सुरु गरेको हो । सो सडक २०७८ असोज ३० गते निर्माण सम्पन्न गर्ने सम्झौता समेत गरेको छ । यसरी ठेक्केदारको लापरबाहीले गर्दा जुनसुकै बेला पनि ठुलो दुर्घटना निम्त्याउने स्थानीयले बताएका छन् ।

सम्बन्धित खवर