बैठक सक्ने बित्तिकै जनप्रतिनिधि होटल धाउने चलन रोकियो, मासिक १ लाख वढि रकम जोगिन्छ

बैठक सक्ने बित्तिकै जनप्रतिनिधि होटल धाउने चलन रोकियो, मासिक १ लाख वढि रकम जोगिन्छ

भीमराज अधिकारी, पथरी

महिनामा ३ देखि ५ वटा सम्म बैठक बस्ने काम स्थानीय तहहरुमा भइरन्छ । बैठक सक्ना जनप्रतिनिधिको लर्को नजिकैको सानदार होटलमा तिर हुन्छ । मोरङ पथरी शनिश्चरेमा भने यो क्रम चटक्कै रोकिएको छ । नगरको बजेटमा खाना खाने काम रोकिएपछि मासिक रुपमा कम्तिमा १ लाख भन्दा वढि रकम बचत हुने गरेको प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमलाले बताउनुभयो ।

एक अनौपचारिक कुराकानीमा धमलाले आफ्नो कार्यकालमा नमुना काम गर्ने सोच रहेको सुनाउनुभयो । नगरमा आवश्यकता अनुसार कुनै महिना २/३ वटा कुनै महिनामा ५/६ वटा कार्यपालिका बैठक बस्ने गरेको छ । हरेक बैठकमा कम्तिमा ३० हजार खर्च खानामा मात्रै खर्च हुने गरेको धमलाले बताउनुभयो । यसरी जनताको पैसाले बैठक सकेर खाना खान जाँदा जनताले जनप्रतिनिधिलाई पनि नराम्रो नजरले हेर्ने भएकाले यो चलनलाई हटाउँ भनेर आफैँले प्रस्ताव लगेको धमलाले बताउनुभयो । अहिले बैठकमा विहान सामान्य खाजामा चना, चिउरा र चिया खाने चलन छ । प्रत्येक बैठकमा २ हजारका दरले भत्ता पनि दिइने भएकाले सबैले सोही भत्ताको रकमबाट खाना खाने निर्णय भएको धमलाले बताउनुभयो । यसरी पाउदै गरेको सुविधा हटाउन खोज्दा सबै जनप्रतिनिधिले पनि साथ दिएको धमलाको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला
                                                     प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला

अहिले नगरका १० लाख माथिका सम्पूर्ण योजनाहरु ठेक्का मार्फत गर्ने निर्णय गरेको गरेको छ । ठेक्कामा सोही काम घटाघटमा हुँदा रकम बचत हुने भएकाले यो चालु आर्थिक वर्षमा मात्रै पनि २ करोड भन्दा बढी रकम बचत भएको धमलाले बताउनुभयो । सो रकम सबै उपभोक्ता मार्फक माक गरेको भए सबै सकिने तर ठेक्का वा टेण्डर मार्फत काम गर्दा सोही गुणस्तरको काम कम बजेटमा सम्पन्न हुने गरेको छ । योजनामा गल्ती भएको खण्डमा उपभोक्तालाई कार्वाही समेत गर्ने ठाउँ नरहेको तर ठेकेदार कम्पनीले गलत गरेका कार्वाहीको दायरामा समेत ल्याउन सकिने धमलाले बताउनुभयो । आगामी नगर परिषदमा सो बचत भएको २ करोडको पनि नयाँ योजना ल्याउने धमलाको सोच छ । अहिले सार्वजनिक पद धारण गरेका (शिक्षक, कर्मचारी)हरुले कुनैपनि योजनाको उपभोक्तामा बस्न नपाउने निर्णय गरेको पनि धमलाले बताउनुभयो ।

चालु अवस्थामा रहेका योजनाहरु बैशाक मसान्त सम्ममा सक्ने योजना नगरको रहेको पनि धमलाले सुनाउनुभयो । अब आफु अवकाश हुन ४ वर्ष जति बाँकी रहेका समयमा आफुले अहिले सम्म नगरेको गल्ती गरेर गाँउ फिर्न मन नभएको धमलाले बताउनुभयो । काम गर्दै जाँदा अनेकौँ बाधाहरु, अरोपहरु आउने गरेता पनि आफु नीति र नियममा रहेर कार्य सम्पादन गर्नका कटिबद्ध रहेको पनि धमलाले बताउनुभयो । आफु प्रचारमुखी नभएर परीणाममुखी काम गर्ने भएकाले सबैले साथ दिनपनि धमलाले अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर