पाँचौं दिनमा ३९ हजारले सेवन गरे हात्तिपाइले विरुद्धको औषधी

पाँचौं दिनमा ३९ हजारले सेवन गरे हात्तिपाइले विरुद्धको औषधी

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियान अन्तर्गत आज पाँचौं दिनमा ३९ हजार हाराहारी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

हात्ती पाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अभियान अन्तर्गत पाचौं दिनसम्ममा नगरमा ४ दिनमा नगरका १० वडाका ३८ हजार ८ सय ८८ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । आज भूटानी शरणार्थी सहित ६ हजार ६ सय १८ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

आज वडा नम्वर १ मा १ हजार १ सय १२, २ मा ७ सय ६०, ३ मा ५ सय ४०, ४ मा ५ सय ७४ र ५ मा ६ सय २४ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, ७ मा ४ सय ४५, ८ मा ६ सय ११, ९ मा ५ सय ९० र १० मा ५ सय ९१ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ ।

पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२ जनाले र चौथो दिन ८ हजार ७ सय २२ जनाले औषधि सेवन गरेका थिए ।

सम्बन्धित खवर