लेटाङ्ग को गुवावारीमा आगलागि हुँदा २५ लाखको क्षति

लेटाङ्ग को गुवावारीमा आगलागि हुँदा २५ लाखको क्षति

लेटाङ, विद्युत सर्ट भई आगलागि हुँदा मोरङ्ग को लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर पूर्रण रूपमा नस्ट भएको छ । आज विहान ११ बजेको समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको हो ।

अागाे लाइ सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट अाएकाे २ वटा दमकल, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानियकाे सहयाेगमा करिव एक घण्टा पछि नियन्त्रणमा लिइएकाे थियाे ।

आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का अध्यक्ष जंगविर तामाङले जानकारी दिनुभयो ।

घर पूर्ण रुपमा जलेपछि हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराईने र क्रमिक रुपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने प्रमुख राईले जानकारी दिनुभयो ।

पिडित परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उहाँहरुलाई सहयोग गर्न स्थानिय आनन्द पौडेलले अपिल समेत गर्नुभएको छ । थोरै थोरै सहयोग वाट पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सवै संग यस्तो आह्वान गर्नुभएको हो ।

सम्बन्धित खवर