ट्राफिक प्रहरी द्वारा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

ट्राफिक प्रहरी द्वारा  दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

राजेन्द्र महतो
लहान :बढदो सवारी दुर्घटना न्यूनिकरण का लागि सिरहाको गोलबजार न.पा.४ स्थित पुर्व पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीले सडक सभ्यता अभिवृद्धि तथा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम समपन्न गरेको छ।
२ नं। प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान,सिरहाको संयुक्त आयोजनामा सिरहा को गोलबजार न.पा.४ स्थित पुर्व पश्चिम लोकमर्गमा २ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरीउपरीक्षक श्याम कुमार महतो ले सचेतना मुलक पर्चा , पम्पलेट   बितरण एवं सवारी दुर्घटना सम्बन्धि वृतचित्र प्रस्तुत गरी कार्यक्रम समपन्न भएको हो।
उक्त कार्यक्रममा गोलबजार न.पा. ४ का वडाअध्यक्ष ,सदस्य नागरिक समाज, पत्रकारहरु,स्थानियवासी तथा चालक, सहचालकहरुको समेत सहभागिता रहेका थियो ।

सम्बन्धित खवर