ए डिभिजन लिगमा १२ औँ चरणको अन्तिम खेलमा जावलाखेल र हिमालयन शेर्पा भिड्ने

ए डिभिजन लिगमा १२ औँ चरणको अन्तिम खेलमा जावलाखेल र हिमालयन शेर्पा भिड्ने

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज १२ औँ चरणको अन्तिम एक खेल हुँदैछ । आज जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे मैदान उत्रदा जावलाखेल छैठौ र शेर्पा तेस्रो जितको खोजीमा रहनेछन् ।
जारी सिजनको लिग शीर्ष पाँचमा रहदै टुङग्याउने योजनामा रहेको जावलाखेल, आफ्नो योजनालाई एक खेल अगावै सुरक्षित गर्न चाहान्छ । रेलिगेशनको खतरा टार्न शेर्पालाई अबका २ मध्ये एकमा जित आवश्यक छ ।
१० अंकमा तालिकाको ११ औ स्थानमा रहेको शेर्पाले अन्तिम चरणमा न्युरोड टिम एनआरटीको सामना गर्नेछ । त्यसअघि नै रेलिगेशनको संभावनाबाट माथि उठ्ने उसको योजना रहनेछ ।
यो सिजनको लिगको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी र मछिन्द्र क्लबबिच तिब्र प्रतिस्पर्धा रहेको छ ।

सम्बन्धित खवर