बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना ः चारजनाको मृत्यु, आठ घाइते

बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना ः चारजनाको मृत्यु, आठ घाइते

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्। छरछरेबाट बुलिङ्गटार जाने क्रममा लु ४ च २५५६ नम्बरको ट्रयाक्टर मंगलबार बेलुकी दुर्घटनामा परेको हो।
इलाका प्रहरी कार्यालय बुलिङ्गटारका अनुसार मृत्यु हुनेमा स्थानीय २२ वर्षीय नरबहादुर मगर, ५९ वर्षीय यानसिंह सारु मगर, ४० वर्षीय कुलबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु मगर रहेका छन्। पाँचजना सकुशल रहेको प्रहरीले जनाएको छ। अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
थाहाखबर

सम्बन्धित खवर