सिन्धुपाल्चोकको गुम्बागाउँमा एक सय भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका

सिन्धुपाल्चोकको गुम्बागाउँमा एक सय भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ३ गुम्बामा कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्याधिक ज्वरोको बिरामी भेटिएका छन् । कोरोना भाईरससंग मिल्ने लक्षण देखिएको भन्दै गाउँपालिकाले सहयोगका लागि प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छ ।
सो क्षेत्रमा रुघा, खोकी र ज्वरोको बिरामीको संख्या आहिले सम्म एक सय भन्दा माथि पुगिसकेको गाउँपालिकालाई उदृत गर्दै सहकर्मी अनिश तिवारीले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले गएराती अबेर गरी पत्र प्राप्त भएकाले आगामि रणनिति बारे आज छलफल गरिने बताउनुभयो । यद्यपी, जिल्लास्थित स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी जुगल गाउँपालिकामा खटाईसकिएको दाहालको भनाई छ ।
विरामीको चीन यात्रा, त्यहाँको कुनै वस्तुसँग नजिक रहे नहेको अध्ययन गरी टोलीले परिक्षणका लागी काठमाडौं रिफर गर्ने तयारी गरेको छ । रुघा खोकी, अत्याधिक ज्वरो कोरोना भाइरसजस्तै अन्य इन्फ्लुन्जाको केही लक्षणमा समानता हुनाले त्रसित भने हुनु नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर