सिकाईको अभिन्न पाटो खेलकुद हो – प्रमुख राई

सिकाईको अभिन्न पाटो खेलकुद हो – प्रमुख राई

माघ २८, रतुवामाई 
रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईले नगरस्तरिय
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । नगरप्रमुख राईले १२ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको हो ।

मंगलबार रतुवामाई नगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रतियोगिताको उद्घाटन गर्दै राईले भन्नुभयो खेलाडीहरुका लागि यो प्रतियोगिता आफ्नो पहिचान बनाउने र सबैसामु चिनिने एउटा जलन्त उदाहरण हो ।

प्रमुख अतिथि समेत रहन्भएका नगर प्रमुख राईले कार्यक्रमबाट विद्यार्थीहरुको स्वास्थ्यका दृष्टिकोण राम्रो प्रभाव पार्नुका साथै सिकाई क्षेत्रमा समेत प्रगति हुने बताउनुभयो । सिकाईका लागि खेलकुद एउटा महत्वपूर्ण पक्ष भएको पनि उहाँले बताउनुभयो । प्रमुख राईले भन्नुभयो “सिकाईको अभिन्न पाटो खेलकुद हो ।”

कार्यक्रम उद्घाटन सत्रमा सटपुट, कबड्डी र भलिबलका केहि खेलहरु भएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी र उसु बाहेकका सबै एथ्लेटिक्स खेल आयोजना गरिएको छ।

सम्बन्धित खवर