मोरङको रतुवामाई नगरपालिका–४ भद्र चोक स्थित विवादीत जग्गाको विषयमा उच्च अदालतले गरेको फैसला कार्यान्वयन भएको छ । जिल्ला र पुनरावेदन अदालतबाट मुद्धाको सुनुवाई भई सो जग्गामा घेराबारा समेत भएको अवस्थामा व्यक्तिगत रिसिइबिका कारण वडा नं. ४ का वडाध्यक्ष देवराज राजवंशीले डोजर चलाउन लगाएको जग्गाधनी नारायण ताजपुरीयाले बताए ।
संस्थागत विद्यालयसमेत रहेको सो जग्गामा बनेको तारजालीसहितको बार डोजर लाएर जबरजस्ति सडक निर्माण गरेपछी उक्त कार्यविरुद्ध जग्गा धनी ताजपुरियाले उच्च अदालत विराटनगरमा मुद्धा दायर गरेका थिए । करिब १ वर्ष अघि जग्गाधनी ताजुरीया काम विषेशले देश बाहिर रहेको मौका छोपेर एकलौटी टंगबाट व्यक्तित रिसिइबी साँध्न आफ्नो जग्गामा डोजर चलाएपछी जग्गा विवाद चुलिएको थियो ।
जग्गामा जबरजस्ति सडक निर्माण गरिएको केही समयमा स्वदेश फर्किएका ताजपुरीयाले उक्त कार्यको विरोध गर्दा उल्टै हातपात गरेपछी वडाध्यक्ष र रतुवामाई नगरपालिकाविरुद्धनै अदालतमा मुद्धा दर्ता गरेका थिए । मुद्धा दर्ता गरेको झण्डै १ वर्ष पछि उच्च अदालतले जग्गा धनी ताजपुरीयाको पक्षमा फैसला गरेको छ ।
अदालतको फैसला आएपछी ताजपुरीयाले फैसला कार्यान्वयनका लागि आफ्नो जग्गाको सिमा छुट्याएका छन् । ‘हाम्रो कानुनले आफ्नो सम्पत्तिको भोग चलन गर्ने अधिकार सवैलाइ दिएको छ । मैले पनि आफ्नो सम्पत्ति माथिको अधिकार उपभोग गर्न पाउनुपर्छ । जबरजस्ति एकलौटी ढंगले कसैको जग्गा व्यक्तिगत रिसिइबिले कब्जा जमाउन पाइँदैन ।’ उनले भने,‘ढिलै भएपनि अदालतको फैसलाबाट मैले न्याय पाएको महसुस गरेको छु । अझैपनि बाटोका लागि जग्गा दिन मलाई दबाब दिन खोजिएको छ । यो कत्तिको जायज हो ?’
उनले रतुवामाई नगरपालिकाकी उपमेयर दयन्तदेवी चुडालको उपस्थितीमा आफ्नो जग्गाको सिमाना छुट्याएका हुन् । जग्गाको सिमाना छुटिएसँगै वडा कार्यालयले जबरजस्ति बनाएको सडक पूर्ण रुपमा बन्द भएको छ । अदालतको निर्णय अनुसार सुरक्षासमेत प्रदान गर्नु भन्ने आदेश रहेकाले केही दिन अघि सिमाना छुट्याउने क्रममा सुरक्षाकर्मीको र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । जग्गाको सिमाना कायम भएसँगै उक्त जग्गामा घेराबारा लगाउने तयारी गरेको ताजपुरीयाले बताए । ‘पहिला पनि यहाँ घेरबारनै थियो । त्यतिबेला जबरजस्ति डोजर चलाएर भत्काइएको थियो । तर, अब कानन सम्मत हिसाबले पनि हाम्रै पक्षमा फैसला भएको छ ।’ उनले भने,‘अब फेरी यसलाई घेराबारा गर्ने मेरो तयारी छ ।’
यसरी सुरु भयो विवाद
भद्रचोक मदन भण्डारी मार्ग अन्तर्गत पर्छ । चोकको उत्तरपूर्वी मुखमै ताजपुरीयाको कित्ता नं. ५१८ छ । जहाँ उनले एल आकारको घर बनाएका छन् । त्यसका उत्तर तर्फ एउटा मात्र घर रहेको देखिन्छ । त्यसपछी पुनः संस्थागत विद्यालय रहेको ताजपुरीयाकै कित्ता नं. १३१ को जग्गा पर्दछ । पहिला सहजताका हिसाबले चोकको मुखमै रहेको जग्गा छेउबाट सडक निकालिएको थियो । तर, त्यसका उत्तर तर्फ रहेको अन्य जग्गाधनीहरुले निजि जग्गा विक्रि गर्दा निकाससमेत बिक्रि गरेपछी आफ्नो मात्र जग्गा मिचिन खोजेपछी चोकको मुखमा रहेको आफ्नै निजि जग्गामा आफ्ुले घर बनाएको ताजपुरीयाले बताए ।
साविकको बाटो चोकदेखी ५० फिट पश्चिपट्टी पर मात्र रहेको ताजपुरीयाले बताए । आहोरदोहोर गर्न सहज र सिधाहुने भएपछी सिधै बाटो प्रयोग हुने गरेपनी सामानन्तर रुपले रहेको नक्साको बाटो प्रयोगमा तत्कालिन समयमा नरहेको उनले बताए । ताजपुरीयाले सडकका कारण आफ्नो जग्गा भविष्यमा मिचिने देखेपछी साविककै बाटो प्रयोगमा ल्याउनका लागि लाखौँ रुपैयाँ व्यक्तिगत रुपमा खर्च गरेर निर्माण गरिदिएको बताए । तर, व्यक्तिगत रिसिइवीका कारण वडाध्यक्ष राजवंशीले ताजुपुरीयाको जग्गाहुँदै सिधैबाटो बनाउन जबरजस्ति गरेर डोजर चलाएको आरोप उनले लगाए ।
एकलौटी ढंगले जग्गामाथि हस्तक्षेप गरि कब्जा गर्न खोजिएपछी असन्तुष्ट बनेका ताजपुरीयाले अन्नततः फेरी पनि अदालतको ढोका ढक्ढक्याएको बताए । वडाअध्यक्ष र नगरपालिकाले कानुन विपरित गरेको भन्दै आफ्नो पक्षमा फैसला आएपछीे अहिले सिमा छुट्याएर कानुन कार्यान्वयन गरेको ताजपुरीयाले दावी गरे ।
सिमा कायम भएपछी नक्साकै बाटो सुचारु
ताजपुरीयाले डोजरले खनेर आफ्नो सिमा कायम गरेपछी उनको जग्गाहुँदै जाने व्यवहारीक सडक अहिले पूर्णरुपले बन्द भएपछी यतिबेल समानान्तररुपमा रहेको पश्चिम तर्फको सडक सुचारु भएको छ । कानुन सम्मतरुपले आफुले निजि जग्गा उपभोग गरेपनि नगरपालिका भने पुर्वाग्रही ढंगले कुनै हालतमा सोही जग्गाबाट सडक बनाउन खोजिरहेको ताजपुरीयाले आरोप लगाए । ‘म मरो जग्गा कुनै हालतमा पनि दिन्न । नगरपालिकाले जबरजस्ति गरे मैले न्याय खोज्नै पर्छ ।’ उनले भने,‘ नगरपालिका र वडा कार्यालयले जबरजस्ति ढंगले गर्ने कार्यबाट म कदापी बिचलित हुने छैन । स्थानीय जनतालाई समेत गुमराहमा राखेर कानुनको बर्खिलाप गर्ने कार्यमा नगरपालिका र वडा कार्यलय लागि परेको स्पष्ट देखिएको छ।’
ताजपुरीयाले राजनितिक ढंगबाट पूर्वाग्रही भएर नगरपालिका र वडा कार्यालयले जबरजस्ति पेल्न खोजे आफुलाई मान्य नहुने चुनौती दिएका छन् । यता रतुवामाई नगरपालिकाले भने विवाद समाधान गर्न भन्दै उपमेयर दयन्तादेवी चुडालको संयोजकत्वमा ३ सदस्यीय विवाद समाधान समिति गठन गरेको वडाध्यक्ष राजवंशीले जानकारी दिए । ‘विवाद समाधानका लागि हामी छलफलमै छौँ ।’ उनले भने,‘उक्त विवाद समाधानका लागि उपमेयर ज्युको संयोजकत्वमा समिति बनेको छ । त्यसैले आवश्यक गृह कार्य गर्छ ।’
पूर्वाग्राही नबन्न ताजपुरीयाको आग्रह
विवादित जग्गाको विषय छाडेर सामानान्तररुपमा रहेको पश्चिम पट्टीको सडकनै प्रयोगमा ल्याइए पनि कुनै व्यवधान तथा समस्या नहुने ताजपुरीयाले बताए । साविक जिल्ला विकास समिति मोरङले मर्मत गरेको र हाल नगरपालिकाले समेत स्तरोन्नती गर्दै गरेको तथा सहजरुपले प्रयोग भई सञ्चालनमा रहेको उक्त सडक छाडेर निजि जग्गाबाट सडक लैजान खोज्नु बद्नियत भएको उनको दावी छ । ‘कसैका व्यक्तिगत स्वार्थ होलान । त्यहि व्यक्तिगत स्वार्थका लागि कसैलाई मार्का पार्न कुनै पनि कानुनले भन्दैन ।’ उनले भने,‘जिल्ला र उच्च अदालतले स्पष्ट रुपमा ४ पटक बढी हाम्रो पक्षमा फैसला गरेपनी फेरी नगरपालिकाले किन समिति बनायो थाहा छैन ।’