लैङ्गिक हिंसा, यौन, प्रजनन् स्वास्थ्य अधिकार प्रबर्द्धन सम्बन्धि तालिम सम्पन्न

लैङ्गिक हिंसा, यौन, प्रजनन् स्वास्थ्य अधिकार प्रबर्द्धन सम्बन्धि तालिम सम्पन्न

अर्चना परियार, राजविराज

समता फाउन्डेसनद्वारा संचालित लैङ्गगिक हिंसा न्यूनीकरण र यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रबर्द्धन सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम सिराहाको लाहान स्थित प्यासिफिक होटेलको सभाहलमा सम्पन्न भएको छ । ३५ पालिका बाट ४५ जना १८ देखि २५ बर्ष उमेर समुहका युवतीहरु तालिममा सहभागी थिए ।

कार्यक्रममा बोल्दै कजर्नाहा नगरपालिकाका मेयर गंगा पासवानले छोरिहरु अझै पनि समाजमा हेपिएर बस्नु परेको र विशेषगरी दलित महिलाहरु विभिन्न हिंसामा पर्ने गरेको र शिक्षा तथा रोजगारीबाट पनि पछी परेको बताउँदै यस तालिमबाट सिकेको कुरालाई ब्यबहारिक रुपमा लागु गरि विशेष गरि दलित महिलाहरू माथि हुने गरेको हिंसाको बारेमा आवाज उठाउदै रास्ट्रको गरिमामय पदमा पनि दलित महिला अघि बढ्नु पर्नेमा जोड दिए । दलित महिलाहरुको हक अधिकारको विषयलाई अगाडि ल्याउनमा सबैको साथ र सहयोगको अपेक्षा राख्दै आफू पनि सहभागी हुन पाएकोमा खुशी समेत व्यक्त गरेका छन ।

सम्बन्धित खवर