रतुवामाईमा १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

रतुवामाईमा १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

 

प्रबेश बिष्ट, रतुवामाई । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रतुवामाई नगरपालिकाद्वारा आयोजित १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन रतुवामाई नगरपालिकाका मेयर रविन राईले १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ब्यानरमा हस्ताक्षर गरी गर्नुभएको छ । रतुवामाई नगरपालिकाको आयोजनामा र सरस्वती मावि कादुपाडाको व्यवस्थापनमा १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको हो । आजबाट सुरु भएको प्रतियोगिताको समापन फागुन १ गते हुने छ ।

रतुवामाई नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका माध्यमिक तथा आधारभूत तहका विद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा खेलकुद परिषद्बाट सहभागि २० जना प्रशिक्षकहरुले सबै खेल खेलाउने छन् । ३०० बढि खेलाडीहरुको सहभागितामा हुने प्रतियोगितामा ५ लाख बराबरको खर्च हुने सरस्वती मावि कादुपाडाका शिक्षक तथा कार्यक्रम संचालक दिनेशकुमार बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति रनिङ शिल्ड खेलकूदमा माध्यमिक तह अन्तर्गतका खेलहरुमा भलिवल छात्र र छात्रा अलगअलग, कबड्डी छात्र र छात्राहरु अलगअलग, एथलेटिक्स तर्फ  छात्र र छात्रा दुवै सहभागी रहने खेल खेलाईने छ ।

विद्यार्थीहरुको मानसिक बौद्धिक क्षमता सँगसँगै शारिरीक क्षमता पनि बढ्नु अति आवश्यक कुरा र यस्ता विषयप्रति नगरपालिकाले यस्ता विभिन्न कार्यक्रमहरु संचालन गर्ने रतुवामाई नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले बताउनुभयो ।

सुखी नेपाल समृद्ध नेपालका मूल आधार आजका विद्यार्थी हुन्, विद्यार्थीहरुले अग्रज सहिदहरुले देखाएको बाटोमा हिड्नुपर्नेमा रतुवामाई नगरपालिकाकी उपमेयर दयन्ता चुडालले जोड दिनुभयो । बालबालिकाहरुलाई नगरपालिकाले सक्दो सहयोग गरी आगमी दिनमा खेलकुदका कार्यक्रमहरु साथसाथै विद्यार्थीको शिक्षण सिकाईलाई आधार बनाएर कविता प्रतियोगिता, वक्तित्वकला, गायन, नृत्य जस्ता कार्यक्रमहरुको आयोजना गर्ने पनि उपप्रमुख चुडालले बताउनुभयो । उहाँले भन्नुभयो” आजका विद्यार्थी भोलीका देश निर्माता हुन त्यसै सबै विद्यार्थीहरुलाई एकजुट बनाउन नगर अग्रसर रहेको छ ।”

त्यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दै रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले यो प्रतियोगिता खेलाडीका लागि आफ्नो पहिचान बनाउने अवसर भएकाले नगरपालिकाले पनि प्राथमिकता दिएको बताउनुभयो । खेलाडी उत्पादनमा नगरले जोड दिनका लागि चाडै नै खेलकुद समिति निर्माण गर्ने पनि प्रमुख राईले बताउनुभयो । समय अभावका कारण व्यवस्थापन फितलो भएकोमा नगरपालिका ध्यानाकर्षण भएको भन्दै आगमी वर्षदेखि अगाडीनै कार्यतालिका सार्वजनिक गर्ने कुरा समेत उहाँले प्रष्ट पार्नुभयो । सिकाईको अभिन्न पाटो खेलकुद हो भन्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर