वडा अध्यक्ष स्पोट्सको उपाधी उदयपुरलाई

वडा अध्यक्ष स्पोट्सको उपाधी उदयपुरलाई

शम्भुनाथ, दोस्रो संस्करणको वडा अध्यक्ष भलिबल कप प्रतियोगिता २०७६ को उपाधी उदयपुर स्पोर्ट्स क्लबले हात पारेको छ । उदयपुर र सिरहा पररिया बिचको खेलमा उदयपुर टिमले सिरहा टिमलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेलको समापन समारोह शम्भुनाथ नगरपालिकाका नगर उप प्रमुख कबिता कुमारी सरदारले कार्यक्रमको उद्घाटन गर्नु भयो ।

विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५० हजार प्राप्त गरे । विजेता टिमलाई उप प्रमुखले पुरस्कार वितरण गर्नुभयो । त्यस्तै उप विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ३० हजार प्राप्त गरे । शम्भुनाथ ४ का वडा अध्यक्ष अरुण कुमार चौधरीले पुरस्कार वितरण गर्नुभयो ।

आजै भएको केटी तर्फको सर्लाही र सप्तरी विचको खेलमा सर्लाही पनि ३–० को सोझो सेटमा बिजय भएको हो । अगामी बर्षमा प्रदेश स्तरीय प्रतियोगिता संचालन गर्न सहयोग गर्ने उपप्रमुख सरदारले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर