तीन दिनमा २३ हजार बढिले खाए हात्ती पाइलेको औषधि

तीन दिनमा २३ हजार बढिले खाए हात्ती पाइलेको औषधि

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा संचालन भैरहेको हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियानमा नगरवासीहरुले उत्साह जनक सहभागिता जनाइरहेका छन् । अभियानको तेश्रो दिन आज ८ हजार १ सय १२ जनाले औषधि सेवन गरेसँगै २३ हजार बढिले औषधि सेवन गरेका छन् ।

नगरमा घरघरमा, विद्यालयहरुमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन भैरहेको छ । जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेकोमा हिजो दोश्रो दिन ९ हजार २ सय ४६ जनाले औषधि सेवन गरेका थिए ।
आज अभियानको तेश्रो दिन वडा नम्बर १ मा १ हजार १ सय ५४, २ मा ५ सय ४८ , ३ मा ४ सय ८८ , ४ मा ७ सय ८७ , ५ मा ७ सय ९१, ६ मा १ हजार ३ सय ७४ , ७ मा ४ सय ८३, ८ मा १ हजार ११, ९ मा ८ सय ६० र १० नम्बर वडामा ६ सय १६ जनाले औषधी सेवन गरेका छन् । आज घरका साथै विभिन्न वडाका विद्यालयमा समेत औषधि खुवाइएको छ।

अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ । सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख राईले वताउनु भयो । कार्यक्रममा पथरी नगर अस्पतालका डा। सावन मेहताले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गर्नुभयो ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम अघि बढेको छ । यो वर्ष प्रदेश नम्वर १ मा मोरङका साथै झापा र धनकुटामा यो अभियान सञ्चालनमा छ ।

सम्बन्धित खवर