पथरी शनिश्चरेमा १५ हजार बढिले खाए हात्ती पाइलेको औषधि

पथरी शनिश्चरेमा १५ हजार बढिले खाए हात्ती पाइलेको औषधि

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि हिजोदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेकोमा आज दोश्रो दिन ९ हजार २ सय ४६ जनाले औषधि सेवन गरेका छन्।

आज अभियानको दोश्रो दिन वडा नम्बर १ मा १ हजार १९ , २ मा ९ सय ७८ , ३ मा ८ सय ९४, ४ मा १ हजार ८४, ५ मा १ हजार २ सय ७४, ६ मा १ हजार २ सय १, ७ मा ६ सय ६४, ८ मा ५ सय ९०, ९ मा ९ सय ५४ र १० नम्बर वडामा ६ सय ४८ जनाले औषधी सेवन गरेका छन् । आज घरका साथै विभिन्न वडाका विद्यालयमा समेत औषधि खुवाइएको छ।

अभियानको पहिलो दिन वडा नम्वर १ मा १ हजार २ सय ८७, २ मा ३ सय ७०, ३ मा २ सय ९८, ४ मा ७ सय ९५, ५ मा ६ सय ६४, ६ मा ८ सय ९९, ७ मा ४ सय ४४, ८ मा ३ सय २८, ९ मा ६ सय ८७ र १० मा ४ सय १८ जनाले औषधि सेवन गरेको स्वास्थ्य संयाजक मुरारी आचार्यले जनाउनु भयो ।

हिजो माघ २५ गते वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए । नगरका सञ्चारकर्मीहरु वडा विभाजन गर्दै वडा वडामा पुगेर औषधि सेवनमा प्रोत्साहन गर्दै रिपोर्टिङमा खटिएका छन् ।

शुक्रबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राई र पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन् गरेपछि हिजोबाट वडा वडामा औषधि सेवनको अभियान अघि बढाइएको हो ।

अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ । सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख राईले वताउनु भयो । कार्यक्रममा पथरी नगर अस्पतालका डा. सावन मेहताले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गर्नुभयो ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम अघि बढेको छ ।

१० वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि अभिमुखीकरणका साथै प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गरिएको छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम सञ्चालन भएको छ । गत वर्ष पथरी शनिश्चरेमा ८९ प्रतिशतले औषधि सेवन गरेका थिए । यो वर्ष प्रदेश नम्वर १ मा मोरङका साथै झापा र धनकुटामा यो अभियान सञ्चालनमा छ ।

सम्बन्धित खवर