हातीपाईले रोग विरुद्ध औषधि खुवाउने महा अभियानमा दोस्रो दिन आज १ नम्बरमा १ हजार १९ जनालाई खुवाईयो, नगरवासी नगरको काम प्रती अत्यन्तै हर्षित

हातीपाईले रोग विरुद्ध औषधि खुवाउने महा अभियानमा दोस्रो दिन आज १ नम्बरमा १ हजार १९ जनालाई खुवाईयो, नगरवासी नगरको काम प्रती अत्यन्तै हर्षित


राजकुमारी तामाङ
मोरङको पथरी शनिश्चरे नगरपालिकाले हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने महा अभियान सञ्चालन गरीरहेको छ ।
सो अभियान अन्तर्गत आज दोस्रो दिन वडा नम्बर १ मा १ हजार १९ जनालाई हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाईएको छ । जसमा ५ सय ६७ जना महिला र ५ ३३ जना पुरुष रहेका छन् ।
आज वडाको हनुमान चौक, शिखर लाईन,मन्दिर लाईन, प्यागोडा र एभरेष्ट लाईन खुवाइएको छ । यो अभियानमा सम्पुर्ण नगरबासी बालबालिका , महिला देखि जेष्ठ नागरिकले औषधी खाएर सहयोग गरेका छन् । साथै यस कार्यक्रम ल्याएकोमा नगरलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
यस कार्यक्रम नगरभित्र रहेका १० वटा वडामा घरघर गएर स्वास्थयकर्मी जनप्रतीनिधि र पत्रकारहरुको समूह बनाई औषधि खुवाईरहेको छ । सो कार्यक्रम अन्तर्गत पहिलो दिन नम्बर १ मा ९ सय २५ जनालाई औषधि खुवाईएको थियो ।
यस अभियानमा स्वास्थ्य स्वयंसेविका सावित्रा न्यौपाने लिला स्ुब्बा , र स्वास्यकर्मीहरु पवित्रा राई दिक्षा गौतम, पुनम बस्नेत, रविना तामाङ, रत्नकला गुरुङ, रञ्जना तिम्सिनाले सहजीकरण गरीरहेका छन् ।

सम्बन्धित खवर