सिराहामा समता फाउन्डेसनद्वारा चमार समुदायको पहिचान र अवस्था नामक पुस्तक बिमोचन

सिराहामा समता फाउन्डेसनद्वारा चमार समुदायको पहिचान र अवस्था नामक पुस्तक बिमोचन

अर्चना परियार, राजविराज

सिराहाको लाहानस्थित प्यासिफिक होटेलमा समता फाउन्डेसनद्वारा चमार समुदायको पहिचान र अवस्था नामक पुस्तक विमोचन गरिएको छ । सिनो बहिष्कार आन्दोलनलाई लक्षित गरि अर्जुन विश्वकर्माले सम्पादन गरेको उक्त पुस्तकको अनुसन्धानकर्ता गोपाल नेपाली, रक्षाराम हरिजन, सविता कोइरालाले गरेका छन् ।

पुस्तक बिमोचनमा समता फाउन्डेसनका अध्यक्ष प्रदीप परियार लगायत समता फाउन्डेसनमा कार्यरत कर्मचारीहरु, सिनो बहिष्कार आन्दोलनमा संलग्न ब्यक्तित्वहरु र लैङ्गिक हिंसा न्यूनीकरण र प्रजनन स्वस्थ्य अधिकार प्रबर्द्धन सम्बन्धी अभिमुखिकरण तालिममा उपस्थित युवतिहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमका अध्यक्ष प्रदीप परियारले समता फाउन्डेसनले सिनो बहिष्कार आन्दोलनमा संघर्ष गरेको कुराहरुलार्इ लक्षित गरि प्रकाशित गरिएको पुस्तक र अबको दिनमा विशेषगरि मधेशमा देखिएको दलितको समस्यालाई समता फाउन्डेसनले समाधान गर्ने प्रयास गर्ने र यसमा सबैको साथको अपेक्षा रहेको ब्यक्त गर्दै आगामी दिनमा यस्ता समस्याको बारेमा आफ्नो आवाज आफैले उठाउनुपर्नेमा जोड दिदै शुभकामना समेत व्यक्त गरेका छन् । साथै कार्यक्रममा गोपाल परियार र सिनो बहिष्कार आन्दोलनका हस्तिहरुले समेत मन्तव्य ब्यक्त गरेका छन् ।

सम्बन्धित खवर