एन प्याब्सन पथरी शनिश्चरे नगर समितीको नयाँ कार्य समिती गठन

एन प्याब्सन पथरी शनिश्चरे नगर समितीको नयाँ कार्य समिती गठन

पथरी, नेशनल प्याब्सन पथरी शनिश्चरेले नयाँ कार्य समिती चयन गरेको छ । गत बर्षबाट सक्रिय बनेको एन प्याब्सन पथरी शनिश्चरेले कमल खरेलको संयोजकत्वमा गत बर्ष गठन गरेको तदर्थ समितीलाई भङ्ग गर्दै नयाँ समिती गठन गरेको हो। शुक्रबार ऐतिहासिक संज्ञा दिएको प्रथम नगर अधिवेशन गर्दै नयाँ कार्य समिती चयन गरिएको हो ।

एन प्याब्सन पथरी शनिश्चरेले थिर प्रसाद आचार्यको अध्यक्षतामा समिती गठन गरेको हो। समितीको उपाध्यक्षमा चन्द्र बहादुर चोङबाङ, सचिब सरोज तिम्सिना, सह सचिव पुकार राई, कोषाध्यक्षमा शुशिला मगर र सदस्यहरुमा चन्द्र बहादुर राई र विनोद तामाङ्ग चयन हुनुभएको छ।

पथरी शनिश्चरे नगरपालिका भित्र रहेका १५ वटा निजि विद्यालयहरुको साझाँ संगठन एन प्याब्सन पथरी शनिश्चरेले आगामी दिनहरुमा अन्य विद्यालयहरुलाई समेत संगठनमा सामेल गराउने योजना बनाएको छ।

पथरी शनिश्चरे १० मा रहेको बाल नमुना विद्या मन्दिरमा सम्पन्न प्रथम नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रिय उपमहासचिव दिनानाथ तिम्सिनाले सरकारले तयार गरिरहेको शिक्षा नीति निजि विद्यालयहरुको हितमा नहुन सक्ने तर्फ सचेत रहन आग्रह गर्दै निरन्तर खबरदारी गर्न आग्रह गर्नु भयो । उहाँले कार्यक्रममा बोल्दै विभिन्न समयमा शिक्षा समिती मार्फत थप कक्षा संचालनका लागि अनुमति दिन दबाब सिर्जना गरेको स्मरण समेत गर्नुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै निवर्तमान संयोजक कमल खरेलले प्याब्सन मात्रै निजि विद्यालयहरुको संगठन मानिने र दबदबा रहेको अवस्थामा आफ्नो हक र अधिकारका लागि संघर्ष गर्न एन प्याब्सन नगर समिती गठन गरिएको टिप्पणी गर्नु भयो । साथै खरेलले नगरले गठन गरेको नगर शिक्षा समिती अपुर्ण रहेको दावी गर्नु भयो। सो समितीमा प्याब्सनको तर्फबाट गएका सदस्यहरु निजि लगानीकर्ता नभएको र समितीमा निजि लगानीकर्ता नभए सम्म निजि विद्यालय र निजि लगानीकर्ताको पिडा बुझ्न नसक्ने बताउनु भयो। उहाँले आगामी दिनमा अनिवार्य रुपमा शिक्षा समितिमा निजि विद्यालयहरुलाई सहभागी गराउनुपर्ने माग समेत राख्नुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय उपाध्यक्ष र प्रदेश अध्यक्ष जय बहादुर श्रेष्ठको समेत आतिथ्यता रहेको थियो।

पथरी शनिश्चरे एन प्याब्सनमा पथरी शनिश्चरे नगर भित्रका ब्राइट सनसाइन, निसान एकेडेमी, बाल नमुना विद्या मन्दिर, किर्तिपुर एकेडेमी, नवीन स्टार, बाल सृजना, सिद्दार्थ एकेडेमी, साङ्गृला एकेडेमी, ग्लिम एकेडेमी, मिसन एकेडेमी, चिनारी एकेडेमी, चौविसे एकेडेमी, ज्योति विकास विद्यालय र बाल आदर्श शिक्षा मन्दिर आवद्ध रहेका छन् । वक्ताहरुले निजि विद्यालयहरुले आगामी दिनमा अझ शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने, व्यवहारिक शिक्षा तर्फ ध्यान दिनुपर्ने औल्याएका छन् ।

सम्बन्धित खवर