बिरेन्द्र सार्वजनिक पूर्व विद्यार्थी मञ्च गठन

बिरेन्द्र सार्वजनिक पूर्व विद्यार्थी मञ्च गठन

अमरदह, बिरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्च गठन भएको छ । शनिवार विद्यालय हातामा भेला भएका पूर्व विद्यार्थीहरुले समितिको अध्यक्षमा यज्ञ बहादुर कार्कीलाईलाई निर्वाचित गराएको हो ।

कार्यसमितिमा अध्यक्ष यज्ञ बहादुर कार्की, उपाध्यक्ष चक्रजंग थापा, सचिव यादव प्रसाद दुलाल, सह सचिव पुष्पमणि भारती, कोषाध्यक्ष जीना कट्टेल र सदस्यहरुमा महेश्वर राई, लोकनाथ कोइराला, नरायण बस्नेत, चिरञ्जीवि काफ्ले, नेत्र पाठक, वीरबहादुर राजवंशी, इन्दिरा श्रेष्ठ, कृष्णराज गुरुङ रहेका छन् । यस्तै मदन संग्रौलाको नेतृत्वमा सल्लाहकार समिति समेत तयार गरिएको छ ।

२०१२ सालमा स्थापना भएको यो स्कुलमा हाल कक्षा १२ सम्म अध्यापन भइरहेको छ ।

सम्बन्धित खवर