राजकुमारी तामाङ
मोरङको पथरी शनिश्चरे नगरपालिकाले हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने महा अभियान आजबाट सुरु गरेको छ ।
नगरभित्र रहेका १० वटा वडामा घरघर गएर स्वास्थयकर्मी जनप्रतीनिधि र पत्रकारहरुको समूह बनाई औषधि खुवाईएको हो । सो कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा ९ सय २५ जनालाई आज औषधि खुवाईएको वडा नम्बर १का वडा अध्यक्ष बाबुराम ईङ्देनले जानकारी दिएका छन् ।
वडा नम्बर १ अन्तरर्गत आज फुलबारी चोक मन्दिर लाईन , गोर्खा लाईन , पानी ट्याँकी सुन्दरटोल गैरीगाँउ , ईलाका प्रहरी कार्यालय पथरी , ट्राफीक प्रहरी कार्यालय पथरी र जाँते मोडमा औषधि खुवाईएको हो । वडा नम्बर १ मा स्वास्थ्य स्वयंसेविका सावित्रा न्यौपाने लिला स्ुब्बा , र स्वास्यकर्मीहरु पवित्रा राई दिक्षा गौतम, पुनम बस्नेत, रविना तामाङ, रत्नकला गुरुङ, रञ्जना तिम्सिनाले सो अभियानको सहजीकरण गरीरहेका छन् ।
यसमा स्वयम वडा नम्बर १ का अध्यक्ष बाबुराम इङदेनको निगरानीमा औषधी खुवाईदै छ भोली भने प्रत्येक स्कुल स्कुलमा खुवाईने उनले जानकारी दिएका छन् ।
