हातिपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान सुरु

हातिपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान सुरु

पथरी, हातिपाइले रोग बिरुद्धको औषधी खुवाउने आमअभियान सुरु भएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिकाका दशैवटा वडाहरुमा स्वास्थ्यकर्मी निगरानीमा औषधी खुवाउन थालिएको हो ।

वडा नं. ५ को हसन्दह स्वास्थ्यचौकीमा वडा अध्यक्ष जोग बहादुर धिमालले आफुले औषधी सेवन गरेर कार्यक्रमको सुरुवात गर्नुभयो । अघिल्ला वर्षहरुमा पनि निरन्तर खादै आएको र सबैले हातिपाइलेबाट बच्नका लागि अनिवार्य औषधी सेवन गर्न अध्यक्ष धिमालले अनुरोध गर्नुभयो । विश्व बजारबाट गुणस्तर मापन गरेर तयार गरिएको औषधी अनिवार्य रुपमा सेवन गर्न धिमालले सुझाव थियो । धिमालसंगै वडा सदस्यहरुले पनि औषधी सेवन गरेर सबै वडाबासीले औषधी सेवन गर्न अनुरोध गरेका छन् ।

वडाका विभिन्न टोलहरुमा महिला स्वास्थ्य सयमंसेविकाहरुको सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मीले औषधी वितरण गरिरहेको हसन्दह स्वास्थ्यचौकीका इन्चार्ज चन्द्र बहादुर राजवंशीले जानकारी दिनुभयो । यसअघि माघ २४ गते नगर प्रमुख दिलिप कुमार राईले नगरमा औषधी सेवनका लागि सबैलाई अुनरोध गर्दै अभियानको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खवर