अनन्तको गोलमा थ्रि स्टारको जित

अनन्तको गोलमा थ्रि स्टारको जित

थ्री स्टार कल्ब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले साविक उपविजेता संकटालाई १–० ले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो।

थ्री स्टारको जितमा अनन्त तामाङको निर्णायक गोल गरेका हुन्।  अनन्तले ६१औं मिनेटमा गोल गरेका थिए।

जितसागै थ्री स्टारले ११ खेलबाट २० अंक जाेडेकाे छ।  मनाङ मर्स्याङ्दीलाई पछि पार्दै थ्री स्टार तेस्रो स्थानमा उक्लेको हो।

एक खेल कम खेलेको मनाङको १९ अंक छ।

पराजित संकटाको ११ खेलबाट १५ अंक छ। ऊ पाँचौ स्थानमै यथावत् रहेको

छ।

 

सम्बन्धित खवर