कोपा डेल रे सेमी फाइनलमा एथलेटिक बिलबाओले स्थान निश्चित गरेको छ । सान मामेस स्टेडियम क्वाटर फाइनलमा बार्सालाई १-० ले पराजित गरेर सुनिश्चित गरेको हो ।
इबाइ गोमेजले ९३ औं मिनेटको गोलले खेलको पुरै नक्सा बदलिदियो । कतै उल्लास त शोकको मौसम शिर्जना भयो । जुन बार्साका लागि स्पानिस सुपर कपपछिको दोस्रो हृदयघात हुन पुग्यो ।
क्विक सेटीन दोस्रो पटक असफल हुन पुगे । अन्तिम ६ सिजनमा बार्साले लगातार फाइनलमा स्थान बनाएको थियो ।
थाईको समस्या बाबजुद मेस्सीले आफ्नो उपस्थिति जनाए । तर, कुनै चमत्कार हुन सकेन । एन्टोइन ग्रिज्मानले राम्रो मौका गुमाएका थिए, भने फ्रेन्की डे जोंगको प्रदर्शन कमजोर रह्यो ।