बमजनलाई खोज्न प्रहरी आश्राममा

बमजनलाई खोज्न प्रहरी आश्राममा

जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएपछि आज बिहान ६ बजेदेखि प्रहरी उनको आश्रममा पुगेको छ । आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका तपस्वी बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको हो । तर, प्रहरीले भने जंगलमा खोज्दा पनि बम्जनलाई भेटाएको छैन । बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि भेटाएको भने छैन । आश्रमस्थित उनी बस्ने मूलघरमा ताला लागेको छ ।

सम्बन्धित खवर