संविधानलाई परिमार्जन र संशोधन गर्नमा पार्टी सकारात्मक : अध्यक्ष प्रचण्ड

संविधानलाई परिमार्जन र संशोधन गर्नमा पार्टी सकारात्मक : अध्यक्ष प्रचण्ड

राजेन्द्र महतो, लहान

सिराहाको सखुवानन्कारकट्टीमा आयोजित दोस्रो सखुवानन्कारकट्टी झन्डा महोत्सव २०७६ लाई आज सम्बोधन गर्दै पुर्ब प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तराई–मधेस, हिमाल–पहाडको एकता टुट्न नदिने जिम्मेवारी महसुस गरेको उल्लेख गर्दै आवश्यकताका आधारमा संविधानलाई परिमार्जन र संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा पार्टी सकारात्मक रहेको उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डले आफूलाई तराई मधेस आउँदा माइतीघर आएजस्तो लाग्ने गरेको बताउदै मधेस प्रतिको गहिरो माया टुट्न नदिने बताएका छन। उनले हिमाल पहाड विनाको तराई-मधेस र तराई-मधेसविनाको हिमाल पहाड कल्पना नै गर्न नसकिने बताएकाछन । तराई–मधेस, हिमाल–पहाडको एकता टुट्न नदिने जिम्मेवारी महसुस गरेको उल्लेख गर्दै तराई–मधेस, पहाड र हिमाललाई आपसमा जोड्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन।

कार्यक्रममा प्रचण्डले तराई–मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बताउदै आफ्ना लागि सिरहा चिरपरिचित जिल्ला भएको र दास्रोे संविधानसभा निर्वाचनमा आफू यही जिल्लाबाट विजयी भएको समेत बताएका छन। अध्यक्ष प्रचण्डले यहा रहेको कृषि र सिचाइ प्रमुख समस्या रहेको भन्दै कोशी–कमला डाइभर्सन निर्माणको योजनामा लागि परेको बताएका छन।

हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको र निर्माण पुरा भएपछि यस क्षेत्रमा नयाँ खुशीयाली आउने बताएका छन ।कार्यक्रममा अध्यक्ष प्रचण्डलाइ सखुवानन्कारकट्टी गाउँपालिकाले सम्मान गरेका छन ।

त्यस्तै सोही कार्यक्रममा नेकपा नेता मातृका प्रसाद यादब, समाजवादी पार्टीकी नेतृ सरिता गिरी, वडाध्यक्ष महेन्द्र प्रसाद यादब लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर