कार्की दाजुभाइले दिए ३० लाख बराबरको जग्गा

कार्की दाजुभाइले दिए ३० लाख बराबरको जग्गा

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत वडा नम्वर १० का लागि कार्की दाजूभाईले ३० लाख मुल्य बराबरको जग्गादान गरेका छन् ।

वडा कार्यालयले आज राखेको भेलामा आवेदक स्थानीय समाजसेवी दिलबहादुर कार्की र गोपाल कार्की दाजूभाईले ३० लाख मुल्य पर्ने २ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्ने सहमति गरेका छन् । उनीहरुले आफ्ना बुबा हरिश्चन्द्र कार्कीको स्मृतिमा ऐयावारीस्थित त्रिवेणीचोक पूर्वदक्षिणमा रहेको सो जग्गा स्वास्थ्य केन्द्रको भवनका लागि दान गर्ने सहमति गरेका हुन् । वडाध्यक्ष सागर राई सहित वडा सदस्यहरुको उपस्थितीमा सर्वपक्षीय भेलामाझ कार्की दाजूभाईको सो जग्गा वडाले ग्रहण गर्ने निर्णय भएको हो ।

सम्बन्धित खवर