उदयपुर । उदयपुरमा लागूऔषध सहित २ युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ का २० वर्षिय विकास कटवाल र वडा नं. ११ का २५ वर्षिय सुवाष धमाल बुधबार पक्राउ परेको छ ।
त्रियुगा नगरपालिका १३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले चेक जाँचको क्रममामा उनीहरुको साथबाट लागूऔषध स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ परेको हो । दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
